प्रेस चौतारी नेपालको महाधिवेशन मिति घोषणा



काठमाडौ,पुस १७ । नेकपा (एमाले) निकट पत्रकारको संगठन प्रेस चौतारी नेपालले आफ्नो १० औँ महाधिवेशन आगामी फागुनमा गर्ने घोषणा गरेको छ ।

प्रेस चौतारी नेपालको बुधबार बसेको सचिवालय बैठकले आगामी फागुन २३ देखि २५ गतेसम्म विराटनगरमा महाधिवेशन गर्ने निर्णय गरेको चौतारीका महासचिव हिरामान लामाले जानकारी दिए । 

उनले श्रमजीवी पत्रकारले अझै पनि न्यूनतम पारिश्रमिकमा काम गर्नुपरेको र सामाजिक सुरक्षा कोषजस्ता पत्रकारका हकहितका काम हुन नसकेकाले महाधिवेशन त्यसतर्फ केन्द्रीत हुने बताए ।

महाधिवेशनअघि प्रेस चौतारी नेपालले प्रदेश र जिल्ला अधिवेशन सकाउने निर्णय गरेको छ । उनका अनुसार जिल्ला अधिवेशन माघ २५ गते र  प्रदेश अधिवेशन फागुन ७ गतेभित्र सक्ने निर्देशन दिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्