तादी गाउँपालिकाले दियो किसानलाई बाँदर धपाउने बन्दुक
नुवाकोट,पुस १७ । तादी गाउँपालिकाले किसानलाई बाँदर धपाउने बन्दुक दिएको छ।
बाँदरबाट हुने कृषि क्षति न्यूनीकरणका लागि गाउँपालिकाले स्थानिय किसानलाई बाँदर धपाउने बन्दुक वितरण गरेको हो।
गाउँपालिका अध्यक्ष सन्तबहादुर तामाङ र उपाध्यक्ष सन्जु श्रेष्ठले संयुक्त रुपमा किसानलाई सो सामग्री प्रदान गरेका हुन् ।
बाँदरहरूको संख्याका कारण बाली नष्ट हुने समस्याले पीडित स्थानीय कृषकहरूले राहत पाउने विश्वास गरिएको छ।