कर्णाली प्रदेशमा उद्योगहरूको औसत क्षमता उपयोग घट्यो
काठमाडौं,पुस १७ । कर्णाली प्रदेशमा उद्योगहरूको औसत क्षमता उपयोग ३.७८ प्रतिशतले घटेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कर्णाली प्रदेशको गत आर्थिक वर्षको आर्थिक गतिविधि अध्ययनसम्बन्धी वार्षिक प्रतिवेदनले उक्त कुरा औंल्याएको हो ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष ०८०/८१ मा उक्त प्रदेशका उद्योगहरूको औसत क्षमता उपयोग ४८.५१ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षमा त्यस्तो क्षमता ५२.२९ प्रतिशत थियो ।
राष्ट्र बैंकले समीक्षा वर्षमा प्रदेशमा नमुना छनोटमा समेटिएका उद्योगहरूको औसत क्षमता उद्योगका आधारमा उक्त तथ्यांक निकालेको हो ।
समीक्षा वर्षमा प्रदेशमा प्लाष्टिकका सामानसम्बन्धी उद्योगको उपयोग क्षमता सबैभन्दा बढी शतप्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । सो वर्षमा अन्न तथा पशुदाना अन्तर्गत पिठो उत्पादनसम्बन्धी उद्योगको उत्पादन क्षमता १५ प्रतिशत रहेको छ ।