शिवपुरी गाउँपालिका अखिल नेपाल महिला संघको अध्यक्षमा दिलमाया तामाङ
नुवाकोट,पुस १६ । जिल्लाको शिवपुरी गाउँपालिका अखिल नेपाल महिला संघको अध्यक्षमा दिलमाया तामाङ निर्वाचित भएकी छिन ।
मंगल भएको अखिल नेपाल महिला संघ शिवपुरी गाउँपालिकाको दोस्रो सम्मेलनबाट तामाङलाई अध्यक्ष पदमा चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा सुस्मिता तामाङ, सचिवमा रिता नेपाली,उप-सचिवमा सरिता तामाङ, अर्का उप सचिवमा चमेली तामाङ, कोषाध्यक्षमा बिमला लामासहित ३५ सदस्यीय कमिटी गठन भएको नेकपा एमाले शिवपुरी गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा एमाले नेता बद्री मैनाली, शिवपुरी गाउँपालिका नेकपा एमालेका अध्यक्ष कमल तामाङ, एमाले नेता तथा समाजसेवी जितेन्द्र बिष्ट, लक्ष्मण लामा लगायतको उपस्थिति रहेको थियोे ।