नुवाकोट पञ्चकन्या गाउँपालिका माओवादी केन्द्रको अध्यक्षमा छिरिङ दोर्जे तामाङ



नुवाकोट,पुस १६ । जिल्लाको पञ्चकन्या गाउँपालिका माओवादी केन्द्रको अध्यक्षमा छिरिङ दोर्जे तामाङ निर्वाचित भएका छन् ।

सोमबार पञ्चकन्या ३ घलेभञ्ज्याङमा सम्पन्न नेकपा माओवादी केन्द्र पञ्चकन्याको तेस्रो  गाउँलिकाको सम्मेलनले ४५ सदस्यीय समिति चयन गरेको हो ।

समितिको अन्य पदाधिकारीमा उपाध्यक्षमा वर्णानुक्रमअनुसार कृष्णप्रसाद पाण्डे, रुपेश तामाङ, रामप्रसाद मिश्र सचिवमा अंगजसिंह ठकुरी, सहसचिवमा रामहरि भण्डारी,कोषाध्यक्षमा रामप्रसाद लामिछाने रहेका छन् ।

सम्मेलनको उद्घाटन सत्र आयोजक समितिका अध्यक्ष मणिनााथ लामिछानेको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्