अमेरिकाका पूर्व राष्ट्रपति कार्टरको निधन
एटलान्ट,पुस १५ । अमेरिकाका ३९औँ राष्ट्रपति जिमी कार्टरको एक सय वर्षको उमेरमा निधन भएको छ ।
वाटरगेट काण्ड र भियतनाम युद्धपछि राष्ट्रपति पद जित्ने बदाम किसान जिम्मी कार्टरले ह्वाइट हाउसको कार्यकालपछि विश्वव्यापी मानवतावादीको रूपमा जीवनलाई पुनः परिभाषित गरेका थिए ।
सबैभन्दा लामो समयसम्म बाँचेका अमेरिकी राष्ट्रपतिको आइतबार जर्जियाको सानो शहर प्लेन्समा रहेको आफ्नो घर होस्पिस केयरमा प्रवेश गरेको लगभग २२ महिनापछि निधन भयो । त्यहाँ उनी र उनकी श्रीमती रोजालिनले आफ्नो जीवनको अधिकांश समय बिताए । रोजालिनको सन् २०२३ नोभेम्बरमा ९६ वर्षको उमेरमा निधन भएको थियो ।
“हाम्रा संस्थापक, पूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टरको आज दिउँसो प्लेन्स, जर्जियामा निधन भयो”, कार्टर सेन्टरले सामाजिक मिडिया प्लेटफर्म एक्समा भन्यो । उनको आफ्नो परिवारबीच शान्तिपूर्वक निधन भएको विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपति जो बाइडेनले कार्टरको निधनमा शोक व्यक्त गर्दै विश्वले एक ‘असाधारण नेता, राजनीतिज्ञ र मानवतावादी’ गुमाएको र आफूले एक प्रिय मित्र गुमाएको बताए ।