चोरी र लागूऔषध मुद्दामा तीन जना पक्राउ
श्रेष्ठको साथबाट ४६ एम्पुल डाइजोपाम, ४६ एम्पुल फेनेरेगान र ४६ एम्पुल नोफिन गरी १३८ एम्पुल लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए ।
जिल्लाको बगनासकाली गाउँपालिका–५, स्थित राम्दी कालीगण्डकी क्षेत्रमा झोला बोकेर हिँडिरहेको अवस्थामा शङ्का लागि चेकजाँच गर्ने क्रममा श्रेष्ठको साथबाट लागूऔषध फेला परेको मल्लले बताए । श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, सुनको गहना चोरी कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बगनासकाली गाउँपालिका–७, कल्लाबारीकी ३४ वर्षीया रश्मी पचभैया र रम्भा गाउँपालिका–३, का ३८ वर्षीय गम्भरसिंह दुधराज रहेका छन् ।
गत पुस १० गते बगनासकाली–७, कल्लाबारीकी ३१ वर्षीया पेमा पचभैँयाले घरमा राखेको सुनका गहना चोरी भएको भनी प्रहरीमा दिएको उजुरीका आधारमा खोजतलास गर्ने क्रममा रश्मीलाई पक्राउ गरिएको थियो ।
रश्मी पक्राउ परेपछि चोरी भएको सुनको गहना तानसेन–२, नारायणस्थानस्थित पिपलडाँडे रम्भादेवी सुनचाँदी पसलमा बिक्री गरेको खुल्न आएको मल्लले जानकारी दिए । घटनाबारे अनुसन्धान गर्न सुनचाँदी पसलका सञ्चालक दुधराजलाई समेत पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।