दाङमा दुर्घटना न्यूनीकरणका लागि टाइम कार्ड
दाङ,पुस १५। दाङमा सवारी दुर्घटना न्यूनीकरणका लागि टाइम कार्ड लागू हुने भएको छ।
प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालको संयोजक्त्वमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले भालुबाङ–नर्तीसम्मको १५ किमी क्षेत्रमा तीन महिना परीक्षणका लागि टाइम कार्ड प्रणाली लागू गर्ने निर्णय गरेको हो । शनिवारको निर्णय अनुसार प्रतिघण्टा ४० किमीको गतिमा मात्र सवारी चलाउन पाइनेछ।
तीव्र गति र लापरवाहीका कारण दुर्घटना भएको पाइएको छ। बैठकले सडक मर्मत, ट्राफिक संकेत राख्ने, लाइसेन्स र बिमा अनिवार्य गर्ने लगायतका निर्णय पनि गरेको छ।भालुवाङ- लमही सडकखण्डका खाल्डाखुल्डी पुर्नका लागि सडक डिभिजन कार्यालय दाङले तत्कालै मर्मत कार्यलाई अगाडि बढाउने भनिएको छ । परीक्षणपछि प्रणालीको प्रभाव मूल्यांकन गरी थप योजना बनाइने प्रमुख जिल्ला अधिकारी लम्सालले जानकारी दिए ।