रविमाथी सरकारले राजनितिक पुर्वाग्रह राख्यो : बर्षमान पुन



प्युठान,पुस १५ । नेकपा माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुन’अनन्त’ले राष्टिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछानेमाथि सरकारले राजनितिक पुर्वाग्रह राखेको बताएका छन। सोमबार प्युठानको जुम्रीमा पत्रकारहरुसंग कुरा गर्दै उपमहासचिव पुनले रविलाई अनुसन्धान भन्दै सरकारले विभिन्न जिल्लामा पुर्‍याउने काम गरेकोप्रति उनले बिरोध जनाए ।

‘रवि लामिछानेमाथि छानबिन गर्ने कुरामा हाम्रो भन्नु केही छैन, ।उनले भने,’ प्रक्रीया नपुर्याई मध्यरातमा उठाएर हिडाल्ने कुरा नागरिक अधिकार विपरितको कुरा भयो।’
रविमाथी सरकारले राजनितिक पुर्वाग्रह राखेर एकपछि अर्को जिल्लामा घुमाइरहेको उनले बताए। उपमहासचिव पुनले भने, ‘ ‘हामीले न्यायिक प्रक्रीया रोक्न खोजेका होइनौ तर, पोखरा, बुटवल,बिरगंज,काठमाडौं गर्दै यसरी घुमाउने यो प्रक्रीया गलत छ।’

पुर्व अर्थमन्त्री समेत रहेका पुनले सहकारीको दुरुपयोग भएको बताउदै बचत तथा ऋण सहकारीहरु नियमन गर्ने अधिकार सम्पन्न निकाय गठन गर्नुपर्ने धारणा राखे।
पार्टीको पालिका अधिबेशनको शिलशिलामा पुन प्युठान आएको नेकपा माओबादी केन्द्र प्युठानले बताएको हो ।

प्रतिक्रिया दिनुहोस्