मौसम: आजदेखि सुधार हुने



काठमाडौ,पुस १४ । शुक्रवार रातिदेखि बदली भएको मौसम आजदेखि सुधार हुँदै जानेछ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आजशनिबार  राति सम्म बदली कायम रहेको मौसम आज आइतवार बिहानदेखि मौसम क्रमशः सुधार हुँदै जाने जानकारी गराएको हो। 

विभागका मौसमविद् सञ्जीव अधिकारीले हिजो राति पनि देशभर बदली रहेको र पश्चिम नेपालका केही ठाउँमा वर्षा भइरहेको जानकारी दिए।

उनले कालीकोट, डडेलधुराका केही स्टेसनमा १० मिलिमिटरभन्दा बढी पानी परेको बताउँदै कर्णाली र सुदूरपश्चिम प्रदेशमा अन्य प्रदेशमा भन्दा बढी पानी परेको उल्लेख गरे। लुम्बिनीका केही क्षेत्रमा हल्का पानी परेको भन्दै हुम्लासहित हिमाली क्षेत्रमा बाक्लो हिउँ परिरहेको जानकारी दिए।

महाशाखाले शनिबार साँझ जारी गरेको बुलेटिनअनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायम रहेको जनाइएको छ। “हाल देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात हुनाका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ”, महाशाखाले उल्लेख गरेको छ। 

प्रतिक्रिया दिनुहोस्