‘उद्योग व्यवसाय विकासका लागि सुरक्षासँगै सुधार आवश्यक’
चितवन,पुस १३ । मुख्यमन्त्री बहादुर सिंह तमाङ्ले उद्योग व्यवसायलाई पहिला सुरक्षा आवश्यक रहेको बताएका छन् । चितवन उद्योग संघ चितवनको ३३ ओ वार्षिक साधरण सभाको शनिबार भरतपुरमा उद्घाटन गर्दै मुख्यमन्त्री तमाङले उद्योग व्यवसायको विकासका लागि पनि पहिला सुरक्षासँगै सुधार पनि आवश्यक रहेको बताएका हुन् ।
“अहिले समाजका हरेक क्षेत्रमा सुधारको आवश्यक छ । विग्रेका कुरा पहिला सुधारौँ । अनि उद्योगी व्यवसायको सुरक्षा गरेर यसको विकासमा लागौँ,” उनले भने ।
उद्योग व्यवसायका लागि चितवनमा सम्भावना प्रसस्त भए पनि यसको समुचित विकास गर्न नसकिएको उनले बताए । “शिक्षा,स्वास्थ्य र पर्यटनको उद्योगमा चितवन अगाडि छ । अब यसलाई व्यवस्थित गरेर अगाडि वढ्न जरुरी छु”, उनले भने ।