भेरी–बबईको काममा गति दिन निर्देशन



बाँके,पुस १३ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्र्रदेशको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कामलाई गति प्रदान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छ। भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना साइड कार्यालय हात्तीखाल सुर्खेतमा शुक्रबार पुगेका मुख्यमन्त्री आचार्यले आयोजनाको कामलाई गति प्रदान गर्न आवश्यक रहेको र त्यसतर्फ जुट्न निर्देशन दिए ।  

मुख्यमन्त्री आचार्यले भने, “आयोजनाको काम अलि सुस्ताएको छ, कामलाई गति प्रदान गर्नूस्, छिटो काम अघि बढ्छ कि भन्ने थियो तर काममा विलम्ब भयो, रिजल्ट छिटो दिने गरी काम सम्पन्न गर्नुपर्ने छ ।” मुख्यमन्त्री आचार्यले आयोजनाको काम सञ्चालन गर्दा मानवबस्ती सुरक्षित हुने गरी गर्नुपर्ने बताउँदै नदी कटान र विपत् जोखिम न्यूनीकरण गरेर काम गर्न अनुरोध गरे । आयोजना कार्यालयसँग छलफल गर्नुअघि मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशको बर्दियाको बाँसगढी नगरपालिका–१, चेपाङका स्थानीयसँग भेट गरेका थिए । 

सो अवसरमा अबको दुई वर्षभित्र भेरी नदीको पानी बबई नदीमा झारेर सिँचाइ, विद्युत् उत्पादन सुरु हुने गरी काम भइरहेको आयोजनाका निर्देशक रणबहादुर बमले जानकारी दिए । बहुउद्देश्यीय आयोजनाले ६५.८ प्रतिशत भौतिक प्रगति गरेको उहाँले जानकारी दिए । हालसम्म टनेल निर्माण कार्य सम्पन्न भएको, सिभिल निर्माण कार्यको भौतिक प्रगति ५५ प्रतिशत, इलेक्ट्रोमेकानिकल प्रगति ३० प्रतिशत सम्पन्न भएको जानकारी दिइएको छ । 

प्रतिक्रिया दिनुहोस्