राम्चेभूमे मन्दिर शिलान्यास



नुवाकोट,पुस १३ । शिवपुरी गाउँपालिका वडा नम्बर ५ तथा दुप्चेस्वर गाउपालिका वडा नम्बर ५ मा रहेको राम्चेभूमे मन्दिर शिलान्यास गरिएको छ ।

कार्यक्रममा उपस्थित शिवपुरी गाउँपालिकाका अध्यक्ष गोबिन्दप्रसाद थपलिया र उपाध्यक्ष बीरबहादुर तामाङले शुक्रबार मन्दिरको शिलान्यास गरेका हुन् ।

सो अवसरमा स्थानीय मोटर बाटो समेत उद्घाटन गरिएको छ। मन्दिर तथा मोटरबाटो निर्माणसंगै स्थानीय स्तरमा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने सहभागीहरुले बताएका छन् । कार्यक्रम शिवपुरी गाउँपालिका ५ का अध्यक्ष रेशमबहादुर मोक्तान को सभापतित्वमा भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्