टिप्पर दुर्घटनामा दुई जनाको मृत्यु
म्याग्दी,पुस ११ । जिल्लाको रघुगङ्गा गाउँपालिका ३ पिप्लेमा टिप्पर दुर्घटना हुँदा चालक र सहचालको मृत्यु भएको हो । राहुघाट हाइड्रोपावरमा अडिट ३ बाट अडिट २ तर्फ जाने क्रममा डीपी २ ए ७५६८ नम्बरको भारतीय टिप्पर दुर्घटना भएको हो ।
मृत्यु हुनेमा चालक भारत उत्तर प्रदेश बखरियका ३३ वर्षीय चालक दशरथ यादव र भेलघारीका ४० वर्षका सहचालक शत्रुधन रजक रहेका छन् । दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।
मृत्युक दुबैको शव पोस्टमार्टमका लागि बेनी अस्पतालमा ल्याएर राखिएको छ । घटनास्थलमा प्रहरी निरीक्षक सागर पौडेलको कमान्डमा प्रहरी पुगेको थियो ।