एमाले सचिवालय बैठक : रावल साधारण सदस्यबाट हटाइए, पाण्डे र तिमल्सिना ६ महिना निलम्बन



काठमाडौ,पुस १० । नेकपा (एमाले) को बुधबार बसेको सचिवालय बैठकले नेता  पूर्व उपाध्यक्ष  डा. भीम रावललाई संगठित सदस्यबाट नै मुक्त गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै रावल एमालेले साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका छ्न ।

बुधबार दिउँसो पार्टी कार्यालय च्यासलमा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि जानकारी दिदै उपमहासचिव प्रदीप ज्ञवालीले नेता रावललाई पार्टीको संगठित सदस्यबाट मुक्त गर्ने निर्णय भएको बताए।

त्यसैगरी, पार्टी केन्द्रीय कार्यालयका सम्बन्धमा सार्वजनिकरुपमा टिप्पणी गर्नुभएका स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डे र नेता उषाकिरण तिम्सिनालाई ६ महिनाका लागि जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको ज्ञवालीले जानकारी दिए ।

बैठकपछि नेता ज्ञवालीले भने, “उनी (भीम रावल) केन्द्रीय सदस्यमा पनि नआएपछि पार्टीको विधान अनुसार सल्लाहकारमा रहे । त्यो जिम्मेवारी पनि पुरा गरेनन। अभिव्यक्ति चाहिँ पार्टीलाई बलियो बनाउने भन्दा निरन्तर कमजोर बनाउने हिसाबले आएको हुनाले संगठित सदस्यबाट मुक्त गर्ने भने निर्णय गरिएको छ।”यस विषयमा पाण्डे र तिमल्सिनालाई स्पष्टीकरण सोधिएको भए पनि सार्वजनिकरुपमा बोलेको विषयमा रियलाइजेसन नगरेको निष्कर्ष बैठकले निकालेको उहाँको भनाइ छ। 

यस विषयमा पाण्डे र तिमल्सिनालाई स्पष्टीकरण सोधिएको भए पनि सार्वजनिकरुपमा बोलेको विषयमा रियलाइजेसन नगरेको निष्कर्ष बैठकले निकालेको उहाँको भनाइ छ। 

 

प्रतिक्रिया दिनुहोस्