‘सञ्चार जगतले लोकप्रियतावाद र अराजकतालाई प्राथमिकता दिन हुँदैन’



काठमाडौं, पुस १० ।  नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सञ्चार जगतले लोकप्रियतावाद र अराजकतालाई प्राथमिकता दिन नहुने बताएका छन्  । बुधवार प्रेस चौतारी नेपाल र प्रेस युनियनले काठमाडौंमा संयुक्त रुपमा आयोजना गरेको पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । 

उनले नेपाली राजनीतिमा पछिल्लो समय लोकप्रियतावाद र राजनीतिमा अराजकता मौलाउँदै गएको बताए । उनले पपुलिजम र राजनीतिमा अराजकताका विषयमा ध्यान दिन जरुरी रहेको बताए । वरिष्ठ उपाध्यक्ष पोखरेलले सञ्चार जगतले पत्रकारिताको माध्यमबाट राजनीतिक पार्टीका कमजोरी बाहिर ल्याएर सुधारका लागि सकारात्मक दबाब सिर्जना गर्नुपर्ने बताए । 

उनले नेपालमा गौरवशाली इतिहास बोकेका राजनीतिक पार्टीहरू रहेको बताए । उनले राजनीतिक अराजकता र लोकप्रियतावादको पछाडि लागेर सञ्चार क्षेत्र अघि बढे मुलुकका लागि दुर्भाग्य हुने बताए । उनले पत्रकारीता पनि राजनीतिक अराजकता र लोकप्रियतावादबाट जोगिन जरुरी रहेको बताए । 

प्रतिक्रिया दिनुहोस्