पञ्चकन्या गाउँपालिकाको हिउँदे अधिवेशन सम्पन्न



नुवाकोट,पुस ९ । जिल्लाको पञ्चकन्या गाउँपालिकाको हिउँदे अधिबेशन सम्पन्न भएको छ । मंगलबार सम्पन्न १७ औं गाउँसभाको अधिबेशनले हाल सम्म भएको प्रगति प्रतिबेदन पेश गरेको छ । चालू आर्थिक बर्षमा छुटाएको कुल बजेट मध्ये हाल सम्म पुँजीगत र चालू तर्फ खर्च भएको सार्बजनिक गरिएको छ ।

शिक्षा,स्वास्थ्य,कृषि,पर्यटन क्षेत्रको बिकास संगै नीति निर्माण,योजना संशोधन,योजना कार्यान्वयन सहित पालिकालाई समृद्धि बनाउने तर्फ केन्द्रित भएको प्रस्तुत प्रतिवेदन मार्फत गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले बताए ।

पर्यटन क्षेत्र संगै भौतिक पुर्बाधारका कामले निरन्तरता पाएको जिकिर गर्दै चुनावको बेला बाचा गरेका योजनाले मुर्त रुप लिने अध्यक्ष तामाङले बताए । अध्यक्ष तामाङले गाउँपालिकालाई नमुना पालिका बनाउन सबैको सहयोग र साथ आवश्यक रहेको उल्लेख गरे ।

गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा पञ्चकन्या गाउँपालिका वडा न.१ देखि ५ सम्मका जनप्रतिनिधिहरु, कर्मचारी सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्