तोलामा २ सयले बढ्यो सुन, कति पुग्यो?



काठमाडौं, पुस ८ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार प्रतितोला १ लाख ४९ हजार ६०० सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मुल्य पनि ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्