आधा किलो बढी सुनसहित दुई पक्राउ
धनगढी,पुस ७ । अवैध रुपमा भित्र्याएको सुनसहित दुई भारतीय नागरिकलाई कैलाली प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भारतको उत्तरप्रदेश मोहला बजार २ पलियाखिरी बस्ने वर्ष ४४ का दिपक गुप्ता र सोही ठाउँका ३४ वर्षका सुमित बर्मालाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट पाँच केजी ४९.२०० ग्राम सुनसहित ४४ हजारभन्दा बढी नेपाली र एक हजार बढी भारतीय रुपियाँ बरामद भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
आज विहान दिपकले चलाएको भारतीय नम्बर प्लेटको कारलाई शङ्का लागि चेकजाँच गर्दा अवैध सुन बरामद भएको सहप्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । धनगढीको ट्राफिक चौराहबाट उनीहरुलाई पक्राउ गरिएको थियो । सुनसहित पक्राउ परेकालाई प्रहरीले सार्वजनिक गरेको छ ।