प्रधानमन्त्री ओलीसहितको अमेरिका भ्रमणमा भएको खर्च चार करोड २९ लाख



काठमाडौँ,पुस ७ । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमणका क्रममा राज्य कोषबाट चार करोड २९ लाख ५८ हजार रुपैयाँ खर्च भएको छ । अर्थ मन्त्रालयका अनुसार संयुक्त राष्ट्रसङ्घको ७९ महासभामा भाग लिन प्रधानमन्त्री ओलीको नेतृत्वमा अमेरिका भ्रमणमा गएको उच्चस्तरीय टोलीले राज्य कोषबाट ४ करोड २९ लाख ५८ हजार खर्च गरेको हुन् ।

प्रधानमन्त्री ओलीको नेतृत्वमा गत असोज ४ देखि १४ गतेसम्म ३० सदस्यीय टोली अमेरिका भ्रमणमा भएको थियो । ओली संयुक्त राष्ट्र सङ्घको ७९ औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली गत असोज ४ गते संयुक्त राज्य अमेरिकाको न्यूयोर्क गएका थिए । प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्किएका थिए।

संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित महासभामा सहभागी भएको भ्रमण टोलीको खर्च थप बजेट निकासा मार्फत गरिएको अर्थ मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयले नियमित हुने विदेश भ्रमणका लागी पर्याप्त बजेट नछुटाउँदा थप बजेट निकासा गर्दै भुक्तानी गर्नु परेको अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्