नुवाकोटको बट्टारमा सञ्चालनमा आयो, ‘थ्री डी आर्ट म्युजियम’



नुवाकोट,पुस ७ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले नुवाकोटस्थित बट्टारमा ‘थ्री डी आर्ट म्युजियम’ सञ्चालनमा आएको छ ।

नुवाकोटको बट्टारमा रहेको तामाङ प्लाजा एग्रो रिसोर्टले सञ्चालनमा ल्याएको उक्त म्युजियमको शनिबार वरिष्ट हास्य कलाकार मनोज गजुरेलले उद्घाटन गरेका हुन् ।

एउटै कोठाबाट जल, जमिन, वन, वन्यजन्तुजस्ता विभिन्न प्रकारको रोमाञ्चक आर्ट हेरेर तस्वीर तथा भिडियो खिच्दै पारिवारिक मनोरञ्जन लिन सक्ने गरी तामाङ ग्रुपको लगानीमा म्युजियम सञ्चालनमा ल्याइएको हो।

आर्ट म्युजियमभित्र छिरेपछि एउटा नौलो र छुट्टै संसारको अनुभूति गर्न सकिन्छ । सञ्चालक सदस्य शक्तिमाया तामाङ भन्छिन् , “विदेशमा धेरै प्रयोगमा आए पनि नेपालमा भित्र्याइएको थ्री डी आर्ट म्युजियममा मानिसलाई छुट्टै संसारमा गएको अनुभूति हुन्छ, यहाँ प्रवेश गरेपछि जलपक्षीदेखि वन्यजन्तुसम्म देख्न पाइन्छ । यहाँको कलाले मानिसको सबै तनावलाई मुक्त गरेर आनन्द दिन सक्छ, यो पारिवारिक संसारको एउटा मनोरञ्जनको थलो हो ।”

आर्टशाला नेपालको सहकार्यमा संचालनमा आएको यो म्युजियममा तालमाथि तैरिएको भ¥याङको आकृति, बाघ, हात्ती, घोडा,झरना, जहाजसँगको सामीप्यतादेखि आकासमा उडेको अनुभूति दिने तस्विर लिन सकिन्छ । यस थ्री डी आर्टमा समुद्री जीवदेखि जङ्गली जनावरसँग, गौतमबुद्धदेखि सम्पदासम्मको सामीप्यता महसुस गर्न सक्ने एउटै स्थान एउटै परिवारको नातिदेखि हजुरबुबासम्मका पुस्ताले एकै पटक रमाउन सक्ने गरी बनाइएको कला संयोजनले फोटोका पारखीलाई धेरै नै मनोरञ्जन दिने बताउछन् ।

म्युजियम अब हप्ताको सातै दिन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म खुला रहनेछ।

प्रतिक्रिया दिनुहोस्