सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको चुनौतीपूर्ण लक्ष्य



काठमाडौ,पुस ६ । नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई एक सय ८५ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८४ रन बनायो ।

सुदूरपश्चिमका लागि सईफ जैवले अर्धशतकीय इनिङ्स खेल्नुभयो । जैवले ६९ रन बनाए । उनले ४३ बला आठ चौका र दुई छक्काको सहयोगमा उक्त रन बनाएका हुन । विनोद भण्डारीले ४१ रन बनाए ।

उनले ३१ बलमा एक चौका तीन छक्काको सहयोगमा उक्त रन जोड्नुभएको हो । पहिलो विकेटका लागि जैव र भण्डारीले एक सय १७ रनको साझेदारी गरेका थिए ।

यस्तै हर्मित सिंह र ब्रान्डन म्याकमुलनले १४/१४, स्कट कुग्लेजिनले १३, कप्तान दीपेन्द्रसिंह ऐरीले नौ, नरेश बुढाऐरले आठ र इशान पाण्डेले ६ रन बनाए  । 

बलिङमा जनकपुरका मोहमद मोसिन र किशोर महतोले तीन तीन विकेट लिए । यस्तै ललित राजवंशी र जेम्स निसमले एक एक विकेट लिए । 

प्रतिक्रिया दिनुहोस्