कार्कीको नेतृत्वमा पूर्वाधार पत्रकार समाज, यी हुन् नयाँ पदाधिकारी



काठमाडौं,पुस ६ । नेपाल पूर्वाधार पत्रकार समाजले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको छ । शुक्रवार सम्पन्न संस्थाको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले नेतृत्व परिवर्तन गर्ने निर्णय गरेको हो ।

समाजको नयाँ अध्यक्षमा सुनिता कार्की कोइराला निर्विरोध निर्वाचित भएकी छन् । उपाध्यक्षमा विमल खतिवडा, सचिवमा दिनेश खड्का निर्वाचित भएको निर्वाचन समितिका संयोजक भीम गौतमले जानकारी दिए । यस्तै सहसचिवमा प्रशन्न ढुंगाना, कोषाध्यक्षमा हिमा विश्वकर्मा निर्विरोध चुनिएका छन् ।

सदस्यहरुमा विष्णु रैगाई, आशुतोष अर्याल, सर्मिला न्यौपाने, धना ढकाल, निर्दोष घोरसाइने र पवन तिमिल्सिना चयन भएका छन् । समाजको संस्थापक अध्यक्षमा जीवन बस्नेतले आजै कार्यभार हस्तान्तरण गरेका छन् ।

नेपालमा भौतिक पूर्वाधार, ऊर्जा, यातायात तथा वातावरण लगायत क्षेत्रमा कलम चलाउने पत्रकारहरुले २०७८ फागुन २० मा औपचारिक रुपमा यो संस्था स्थापना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्