कीर्तिपुर क्रिकेट रङ्गशालामा समयमै ‘प्यारापिट’ बन्छ : प्रधानमन्त्री ओली



काठमाडौ,पुस ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले  कीर्तिपुरको  क्रिकेट रङ्गशालामा समयमा नै ‘प्यारापिट’ निर्माण गरेर ‘फ्लडलाइट’ पनि जडान गरिने बताएका छ,। 

मन्त्रिपरिषद्को शुक्रबारको बैठकले उक्त रङ्गशालामा प्यारापिट निर्माण र फ्लडलाइट जडान गर्ने निर्णय गरेको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । प्रधानमन्त्रीले तीन ‘सिफ्ट’मा काम गरेर  निर्धारित समयमा नै रङ्गशालालाई सुविधासम्पन्न बनाइने बताएक छन् । 

“क्रिकेट हाम्रो युवा समाजको प्राण हो। क्याबिनेटको पहिलो बैठकबाट हामीले कीर्तिपुरको मैदानमा क्रिकेट रङ्गशालाको प्यारापिट निर्माण र फ्लडलाइट जडान गर्ने निर्णय गरेका थियौँ,” प्रधानमन्त्री ओलीले भने , “आज यसको निर्माणका लागि बोलपत्र आह्वान भएको छ। अब हामीले तीन सिफ्टमा फटाफट काम गरेर यसलाई निर्धारित समयमै सम्पन्न गर्नु पर्ने छ।”

प्रधानमन्त्रीले क्रिकेट रङ्गशाला निर्माणका क्रममा पारस खड्कासहितका राष्ट्रिय खेलाडीहरुसँग छलफल गरेको बताउँदै रङ्गशालालाई विश्वस्तरको बनाइने उल्लेख गरे । साथै उहाँले रङ्गशाला निर्माणको काम शीघ्र पूरा गर्न तथा सुझावसँगै खबरदारी गर्न सबैलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्