विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई सदस्य नियुक्त
काठमाडौं,पुस ३ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई सदस्य नियुक्त गरेका छन् । मन्त्री खड्काले बुधबार लक्ष्मण केसी र बलबहादुर पराजुलीलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरेका हुन् ।
केसी नेपाली कांग्रेसनिकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सीडीईएन)का अध्यक्ष हुन् भने पराजुली नेकपा एमालेनिकट हुन् । उनीहरुको कार्यकाल ४ वर्षको हुन्छ ।
यसअघिका सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनको कार्यकाल सकिएपछि मन्त्री खड्काले केसी र पराजुलीलाई सदस्य नियुक्त गरेका हुन् ।