दुप्चेश्वर मन्दिरमा धान्य पूर्णिमाको मेलाबाट ८ लाख ६४ हजार भेटी संकलन
नुवाकोट,पुस १ । जिल्लाको प्रसिद्ध धार्मिक स्थल दुप्चेश्वर मन्दिरमा धान्य पूर्णिमाको अवसरमा लागेको मेलामा चढाइएको भेटीको गणना सम्पन्न भएको छ।
जम्मा भएको भेटी गणना गर्दा रु. ८,६४,२१२/- (आठ लाख चौसट्ठी हजार दुई सय बाह्र रुपैयाँ) भएको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ ।
मेलामा संकलित भेटीको गणना दुप्चेश्वर समुन्द्रटार प्रहरी कार्यालयको प्राङ्गणमा गरिएको थियोे। भेटीको पारदर्शीता दिलाउन सरोकारवालाहरूको उपस्थिति समेत रहेको कोषले जनाएको छ ।
मेलामा लागेको विभिन्न खर्चको विवरण भने पुस २ गते सार्वजनिक गरिने दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले बताए ।