पाँच महिनामा २८ प्रतिशत राजस्व, ३० प्रतिशत खर्च



काठमाडौँ,पुस १ । नयाँ आर्थिक वर्षको ५ महिना बितेको छ । यस बीचमा सरकारले लक्ष्यको २८.१५ प्रतिशत राजस्व असूली गरेको छ । वित्तीय व्यवस्थामा यो साल ब्यापक खर्च भएको देखिन्छ । लक्ष्यको ४१.३२ प्रतिशत खर्च भएको छ ।

तर विकास निर्माणमा बढी केन्द्रित हुने पूँजीगत खर्च भने लक्ष्यको ११.५८ प्रतिशतमात्रै भएको छ । तर यो अंक पनि कम चाहीँ होइन । पोहोर सालको ११.९४ प्रतिशतलाई छाड्ने हो भने पछिल्ला ५ वर्षमै दोस्रो राम्रो प्रगति यस वर्ष भएको छ ।

चालू खर्च चाहीँ यो साल लक्ष्यको ३१.८७ प्रतिशत भएको छ । यसरी कुल मिलाएर विनियोजित बजेटको २९.८९ प्रतिशत खर्च ५ महिनामा भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्