सुनको मूल्य बढ्यो, चाँदीको स्थिर



काठमाडौं, पुस १ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेर एक लाख ५१ हजार २ सय रुपैयाँ पुगेको छ।

आइतबार सुन प्रतितोला १ लाख ५० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मुल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्