पत्रकार महासंघ मत परिणाम: नुवाकोटको अध्यक्षमा आलोपालो
नुवाकोट,मंसिर ३० । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा नुवाकोटको अध्यक्षमा दुई जना उम्मेदवार निर्वाचित भएका छन् । शाखाको अध्यक्षमा दुई उम्मेदवारले समान मत प्राप्त गरेपछि आलोपालो नेतृत्व गर्ने सहमति समेत भएको छ ।
अध्यक्षका उम्मेदवार नमराज सुवेदी र रामहरि गजुरेलले समान ३३ मत प्राप्त गरेकामा दुई उम्मेदवारले आधा आधा कार्यकाल जिम्मेवारी लिने सहमति गरेसँगै निर्वाचन समितिले दुवैलाई विजयी भएको प्रमाणपत्र प्रदान गरेको छ ।
अन्य निर्वाचितहरुमा उपाध्यक्षसहित छ सदस्य प्रेस सेन्टरका र महिला उपाध्यक्षसहित चार जना प्रेस युनियनका उम्मेदवारहरु निर्वाचित भएका छन् । सचिवसहित तीन जना प्रेस चौतारीका उम्मेदवारहरु निर्वाचित भएका छन् ।
महासङ्घको उपाध्यक्षमा जगदीश खनाल र आत्मा गुरागाईं, सचिवमा सुनिल श्रेष्ठ, कोषाध्यक्षमा सुरज सिलवाल, सहसचिवमा केदारकुमार ढकाल र मनिषा सापकोटा निर्वाचित भएका छन् ।
यस्तै, सदस्यहरुमा करुणा लामिछाने, पार्वती विक, सुनिता गुरुङ, अञ्जली प्याकुरेल, प्रल्हाद पुडासैनी, पुण्यप्रभा ढुंगाना, शिवराम भण्डारी र सज्जन उत्सुक सापकोटा निर्वाचित भएका छन् ।
बागमती प्रदेश पार्षद् सदस्यमा सेन्टरका आशिष ढुंगाना, युनियनका किरणप्रसाद अधिकारी, चौतारीका द्वय भरत सन्तोषी लामा र विनय वन्जारा निर्वाचित भएका छन् ।
केन्द्रीय परिषद् सदस्यमा चौतारीका देवचन्द्र भट्ट र विष्णु जम्कट्टेल निर्वाचित भएका छन् ।