पत्रकार महासंघ रुकुम पश्चिमको अध्यक्षमा रेग्मी निर्वाचित
रुकुम पश्चिम,मंसिर २९ । नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको अध्यक्षमा गोपालप्रसाद रेग्मी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनबाट रेग्मीले २३ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
कुल ४४ मत खसेकोमा रेग्मीले २३, उनका निकटम प्रतिद्वन्दी प्रविर ददेलले १६ र अमरराज पुनले ५ मत प्राप्त गर्नुभएको निर्वाचन समितिको कार्यालयले जनाएको छ। त्यसैगरी उपाध्यक्षमा देवकुमार ओलीले २४ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी दिवस पोखरेलले १५ र समाजवादी प्रेस संगठनका भरत चन्दले ४ मत ल्याएका छन् ।
सचिव पदमा २६ मतसहित दिपेन्द्र महतारा विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्दी परिचन्द्र खत्रीले १७ मत पाएका छन् । अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा निर्वाचित तीनैजना प्रेस सेन्टर निकट हुन ।
साधारण सदस्य ६१ जना रहेकामा ४४ मत खसेको थियो । १ मत बदर भएको छ । महिला उपाध्यक्ष, खुला सहसचिव, समावेशी सहसचिव र कोषाध्यक्षमा यसअघि नै निर्विरोध भइसकेका छन् ।
महिला उपाध्यक्षमा सुमित्रा केसी, सहसचिव खुलामा प्रचण्ड खत्री र सहसचिव समावेशीमा छिमा केसी, कोषाध्यक्षमा सन्देश जैसी निर्विरोध भएका छन् ।
त्यसैगरी दलित सदस्यमा क्षितिज विश्वकर्मा र केन्द्रिय परिषद सदस्यमा गणेश विक पनि निर्विरोध भएका छन् ।
महिला सदस्य, आदिवासी जनजाति सदस्य, खुला सदस्य, अन्य सदस्य, प्रदेश परिषद सदस्य र प्रदेश समावेशी सदस्यमा गरी ६ पदमा भने कुनै पनि उम्मेदवारी नपरेको निर्वाचन समितिमा सदस्य अधिवक्ता अमर ओलीले जानकारी दिए ।