देशमा सुशासन ल्याउने अठोट छ : प्रधानमन्त्री ओली



काठमाडौ,मंसिर २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली एकापसमा मिलेर देश बनाउने र सुशासन ल्याएरै छाड्ने सङ्कल्प गरेका छन् । 

शुक्रबार बुढानीलकण्ठ नगरपालिकाको वडा नम्बर १, २ र ७ को प्रशासनिक भवन  तथा कपन ह्याण्डबल बहुद्देश्यीय खेल मैदानको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देश विकासको अभियानलाई अगाडि बढाउने  र हरेक क्षेत्रमा विकासका कामलाई ध्यान दिने बताएका हुन् । 

“केही मान्छेको स्वार्थका कारण देश बन्न बन्न सक्दैन। देश अघि बढ्छ।”, प्रधानमन्त्री ओलीले भने, “नेपालको फुटबल क्षेत्रलाई हामी अझै अगाडि बढाउनेछौँ। हाम्रो खेल क्षेत्रमा अन्तर्राष्ट्रिय उपस्थिति राम्रो छ।’

प्रतिक्रिया दिनुहोस्