गोरखामा म्याराथनको तयारी पूरा
गोरखा,मंसिर २८ । गोरखाको मनकामना मन्दिरदेखि गोरखकाली मन्दिरसम्मको म्याराथनको सबै तयारी पूरा भएको छ । जिल्ला खेलकुद विकास समिति गोरखाले आयोजना गर्न लागेको म्याराथनको तयारी पूरा भएको हो ।
जिल्ला खेलकुद विकास समिति गोरखाले गोरखा सदरमुकाममा शुक्रबार पत्रकार सम्मेलन गर्दै झण्डै ४२ किलोमिटर म्याराथनमा देशभरिबाट म्याराथन धावकहरु २२५ जना सहभागिता जनाउने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्तसिंह बस्नेतले जानकारी दिए ।
नेपालका म्याराथन खेलाडी टीकाबहादुर बोगटीको प्राविधिक सहयोगमा शनिबार बिहान ८ः१५ बजे एक कार्यक्रमका बिच मनकामना मन्दिरको प्राङ्गणबाट सुरु हुने पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।