प्रतितोला १२ सयले घट्यो सुनको मूल्य



काठमाडौं, मंसिर २८ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहिबार स्थिर रहेको सुन आज तोलामा १ हजार २ सय रुपैयाँले सुनको मूल्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिन प्रतितोला १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मुल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्