बीमा प्राधिकरणको जिम्मेवारी अर्थमन्त्रालयका सहसचिव दाहाललाई
काठमाडौं,मंसिर २८ । नेपाल बीमा प्राधिकरणमा अध्यक्षको कामकाज गर्ने जिम्मेवारी अर्थमन्त्रालयका सहसचिव मदन दहाल पाएका छन् ।
बीमा प्राधिकरण सञ्चालक समितिको दोस्रो वरीयतामा रहेका दहाललाई बीमा ऐन २०७९ को दफा ६ बमोजिम उक्त जिम्मेवारी दिइएको हो ।
प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल निलम्बनमा परेपछि दहाललाई अर्काे व्यवस्था नभएसम्मका लागि अध्यक्षको कामकाज गर्ने जिम्मेवारी दिइएको बताइएको छ ।
सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । त्यससँगै उनी स्वतः निलम्बनमा परेका हुन् ।