रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप



काठमाडौं,मंसिर २८ । कास्की जिल्ला अदालतले सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धान गर्न थप पाँच दिन हिरासतमा राख्ने अनुमति दिएको छ ।

लामिछानेसँगै अन्य आरोपीहरू छविलाल जोशी, रामबहादुर खनाल, र लिला पछाईलाई पनि अदालतमा उपस्थित गराइएको थियो । पक्राउ परेका आरोपीमाथि थप अनुसन्धान जारी रहेको र अभियोजन पत्र दायर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। मुख्य अभियुक्त जीबी राई भने अझै फरार छन्।

संसदीय समितिको प्रतिवेदनअनुसार देशभरका सहकारीबाट करीब डेढ अर्ब रुपैयाँ गोर्खा मिडियामार्फत अपचलन गरिएको पाइएको छ।

गत कात्तिक २ गते वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाटै प्रहरीले पूर्वउपप्रधानमन्त्री लामिछानेलाई नियन्त्रणमा लिएको थियो ।  

प्रतिक्रिया दिनुहोस्