प्रधानमन्त्रीको कम्बोडिया लगानी बारे नक्कली कागज नबनाएको दुर्गा प्रसाईँको बयान
काठमाडौं, २७ मंसिर । विद्युतीय अपराधमा प्रहरीको हिरासतमा रहेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको एक्जियटा कम्पनीमा लगानी रहेको भनी सार्वजनिक गरेको कागजात आफूले नक्कली नबनाएको बताएका छन् । प्रसाईँले बयानका क्रममा कम्बोडियामा रहेका एक नेपालीले आफूलाई कम्बोडियाको बिजनेश फोरममा ओली भाग लिन जाँदाको भिडियो र कागजात छ भनि आफूलाई पठाएको बताएका छन् ।
उनले बयानका क्रममा भनेका छन्, ‘हाल नेपालका सम्माननीय प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओली ज्यूको बारेमा बारम्बार नेपाली मिडियाहरू लगायत बिदेशी मिडियाहरूले समेत ‘कम्बोडियाको टेलिकम प्रधानमन्त्री खड्ग प्रसाद ओलीले २१ करोड US Dollar लगानी गरेको त्यसको नेपाली अन्दाजी रू. साढे बत्तिस अर्ब लगानी गरेको भनेको कारण सो मिडियाहरूको समाचारहरूको बारेमा केलाउनुका साथै सो बिषयमा बुझ्दै गर्दा एक जना कम्बोडियामा बस्ने नेपालीले मैले प्रयोग गर्दै आएको नेपाली नम्बर ९८०१०५२२२२ मा मलाई फोन सम्पर्क गरी खड्ग प्रसाद शर्मा ओलीको Smart Axiata Company Limited कम्बोडियामा लगानी छ भनि जानकारी गराएका थिए । त्यसो भए तपाईसंग के प्रमाण छ भनि निजलाई सोधपुछ गर्दा निजले खड्ग प्रसाद शर्मा ओली Business forum को लागि 14, May 2019 Tuesday मा कम्बोडियामा जाँदा खेरी भाग लिएको अबस्थाको भिडियो र सो कम्पनीको सेयर खरिद गरेको पैसा खुलेको कागजहरू छ भनेकोमा त्यसो भए सो कागजातहरू मैले प्रयोग गर्ने नेपाली नम्बर ९८०१०५२२२२ को WhatsApp मा पठाई देउ भनेकोमा निजले पठाई दिएका थिए । यो प्रमाणहरू मैले बनाएको कागजात, भिडियो तथा फोटोहरू होईन ।’
प्रतिवादी दुर्गाप्रसाद प्रसाईको बयानः
नेपालमा भईरहेको राजनीतिक अस्थिरता, देशमा मौलाउदो भ्रष्टाचार, चरम आर्थिक संकट, युवाहरू बिदेश पलायन, सामान्य नागरिकले महंगीको मारमा झेल्नु परेको पीडा पिरमर्कालाई बुझी नेपालीहरूको अभिभावकको रुपमा मैले बिगत ३ बर्ष देखी राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको रुपमा नेतृत्वदायी भूमिकामा कार्य गर्दै आईरहेको छु । सो कार्यहरू गर्नमा अबरोध सृजना गर्ने नेपालको बर्तमान संघीय सरकार तथा सरकारको नेतृत्व गर्ने प्रमुख राजनीति दलका नेताहरूलाई चुनौती दिदै सामाजिक तथा राजनीतिक अभियानहरू चलाईरहेको छु ।
हाल नेपालका सम्माननीय प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओली ज्यूको बारेमा बारम्बार नेपाली मिडियाहरू लगायत बिदेशी मिडियाहरूले समेत ‘कम्बोडियाको टेलिकम प्रधानमन्त्री खड्ग प्रसाद ओलीले २१ करोड US Dollar लगानी गरेको त्यसको नेपाली अन्दाजी रू. साढे बत्तिस अर्ब लगानी गरेको भनेको कारण सो मिडियाहरूको समाचारहरूको बारेमा केलाउनुका साथै सो बिषयमा बुझ्दै गर्दा एक जना कम्बोडियामा बस्ने नेपालीले मैले प्रयोग गर्दै आएको नेपाली नम्बर ९८०१०५२२२२ मा मलाई फोन सम्पर्क गरी खड्ग प्रसाद शर्मा ओलीको Smart Axiata Company Limited कम्बोडियामा लगानी छ भनि जानकारी गराएका थिए । त्यसो भए तपाईसंग के प्रमाण छ भनि निजलाई सोधपुछ गर्दा निजले खड्ग प्रसाद शर्मा ओली Business forum को लागि 14, May 2019 Tuesday मा कम्बोडियामा जाँदा खेरी भाग लिएको अबस्थाको भिडियो र सो कम्पनीको सेयर खरिद गरेको पैसा खुलेको कागजहरू छ भनेकोमा त्यसो भए सो कागजातहरू मैले प्रयोग गर्ने नेपाली नम्बर ९८०१०५२२२२ को WhatsApp मा पठाई देउ भनेकोमा निजले पठाई दिएका थिए ।
यो प्रमाणहरू मैले बनाएको कागजात, भिडियो तथा फोटोहरू होईन । गरिब, बिकासोन्मुख हाम्रो देशका प्रधानमन्त्रीसंग कम्बोडियामा लगानि गर्ने यत्रो पैसा कहाँ बाट आउँछ, नत हाम्रो देशका प्रधानमन्त्री ठुलो ब्यापारी नत ठुलो ब्यबसायी नत ठुलो उद्योगी यत्रो रकम किन, कसरी लगानी गरे भन्ने बिषयमा जनता सामू प्रष्ट पारौं भन्ने उदेश्यले मैले बिभिन्न मिडियाका साथीहरूलाई बोलाई प्रेसमिट गर्दाको क्षणमा मैले “यहाँका नेताहरूको पैसा कम्बोडिया, मंगोलिया, तुर्किमेनिस्तान, साउथ अफ्रिका, केन्या, दुवई, सिंगापुरमा छ । मसँग प्रमाण छ लिख सिग्नेचर भएका पेपरहरू छन्, मसँग बुझ्नु भो मलाई यिनीहरुले मारे भने अर्कै कुरो हो नभए दुर्गा प्रसाई बिग्दैन, संसारमा दुर्गाप्रसाई मर्छ बिग्दैन संसारमा दुर्गा प्रसाई झुक्छ तर बिग्दैन किनभने मैले नेपालीहरू रोएको नेपाली चेलिबेटीहरू रोको देखेको छु” भन्ने लगायतको शब्दहरूमा बोल्दै सम्माननीय प्रधानमन्त्री खड्ग प्रसाद ओलीले Smart Axiata Company Limited कम्बोडियामा लगानी गर्नु भएको रकम सहितको कागजातहरू देखाउदै सो सँग सम्बन्धित विषयमा सम्बाद गर्दै गर्दाको भिडियोलाई मैले प्रयोग गर्दै आईरहेको सामाजिक सञ्जाल फेसबुकको Facebook Profile Name;Durga Prasai (https://www.facebook.com/profile.php?id=61550810014174) बाट “ल हेनुहोस केपी ओलीको कम्बोडियामा लगानी, हालका देशका प्रधानमन्त्रीको असली चरित्र.. भन्ने लगायतको स्टाट्सहरूको साथमा भिडियो समेत अपलोड/पोष्ट गरेको हुँ, भन्ने समेत व्यहोराको पक्राउ प्रतिवादी दुर्गाप्रसाद प्रसाईको बयान ।