मुस्ताङ मार्फाको तापक्रम माइनस सात डिग्री पुग्यो
मुस्ताङ,मंसिर २५ । हिमालपारीको जिल्ला मुस्ताङको तल्लो क्षेत्रका रूपमा चर्चित मार्फाको तापक्रम माइनस सात डिग्री पुगेको छ। घरपझोङ तथा थासाङ गाउँपालिका क्षेत्रमै तापक्रम माइनसमा पुगेपछि जनजीवन प्रभावित भएको छ।
तापक्रम मापन केन्द्र समेत रहेको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका प्रमुख पद्मनाथ आत्रेयका अनुसार पछिल्लो २४ घण्टाको तापक्रम माइनस सात डिग्री मापन भएको छ। बागवानी विकास केन्द्रले स्याउ लगायतका फलफूलमा गरेको सिँचाइको पानी नै पुरै जमेको उनको भनाइ छ।
उपल्लो मुस्ताङ क्षेत्रमा चिसो अत्यधिक बढेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए । चिसो बढेर पानी जम्ने र घाम नलाग्दासम्म बाहिर निस्कने अवस्था नभएको उनको भनाइ छ।