स्वास्थ्य सेवासम्बन्धी गुनासो सुन्न ‘हेल्लो स्वास्थ्य’ सुरु
काठमाडौ,मंसिर २४ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र मातहतका स्वास्थ्य संस्थाको सेवा सम्बन्धमा गुनासो सम्बोधन गर्न हेल्लो स्वास्थ्य सुरु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रालय तथा मन्त्रालय मातहतका स्वास्थ्य संस्थाको सेवासम्बन्धमा गुनासो सम्बोधन गर्न हेल्लो स्वास्थ्य सुरुवात गरेको हो ।
यसको लागि मन्त्रालयले गुनासो पठाउनुहोस्, हामी समाधान खोज्छौँ भन्ने नारा सहित नि:शुल्क कल सेन्टर १११५ मा बिहान ८:०० बजेदेखि बेलुका ८:०० बजेसम्म फोन गरेर आफ्नो गुनासो पठाउन तथा स्वास्थ्य सेवाबारे जानकारी लिनसक्ने व्यवस्था गरेको छ ।
भाइवर र ह्वाट्स एप नम्बरमा ९८५१३३०५९२ नम्बरमा गुनासा, सन्देश पठाउन सकिने व्यवस्था मन्त्रालयले गरेको छ । त्यसैगरी, इमेलमार्फत हेल्लो हेल्थ एट एमओएचपी डट जीओभी डट एनपीमा मन्त्रालयमा वा हुलाक मार्फत गुनासो पठाउन सक्ने व्यवस्था मन्त्रालयले गरेको ।
स्वास्थ्य सेवालाई अझ पारदर्शी र नागरिकप्रति उत्तरदायी बनाउन मन्त्रालयले यो सेवा सुरु गरेको जनाएको छ ।