वडा अध्यक्ष तामाङको जनवादी विवाह
नुवाकोट,मंसिर २४ । यहाँ एक जोडीको जनवादी तथा प्रगतिशिल विवाह भएको छ । नुवाकोट शिवपुरी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष सुकुराम तामाङ र इटहरी उप महानगरपालिका ५ निवासी कुसुम तामाङ बीच सोमबार जनवादी विवाह भएको हो ।
पार्टीका जिल्ला संयोजक पुष्प लामीछाने (अरुण), माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नुवाकोट क्षेत्र नम्बर १ का सांसद हितबहादुर तामाङ, माओवादी नेतृ राधिका तामाङ, विमला सुवेदी लगायतको उपस्थितिमा जनवादी विवाह भएको श्रोतले जनाएको छ ।
नव विवाहित वर वधुलाई दाम्पत्य जीवनको शुभकामना प्रदान गर्न पार्टी तथा स्थानीय तहका नेताकार्यकर्ताको समेत उपस्थिति रहेको थियोे ।