आइजीपी कुँवरलाई मानवअधिकार आयोगले बोलायो
काठमाडौ,मंसिर २४ । राष्ट्रिय मानवअधिकार आयोगले नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवरलाई छलफलका लागि बोलाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि दुर्व्यवहार भएको भन्ने विषयमा सोधपुछका लागि सोमबार कुँवरलाई आयोगमा बोलाइएको सहप्रवक्ता श्यामबाबु काफ्लेले जानकारी दिए । लामिछानेलाई चितवन जिल्ला प्रहरी कार्यालयबाट पोखरामा रातारात दुर्व्यवहार गरेर लगेको आरोप रास्वपाको छ ।
मापसे गरेका प्रहरीले लामिछानेलाई उठाएको, र बिहान जहाजमार्फत पुर्याउन अनुरोध गरे पनि गाडीमै लगिएको भन्ने आरोप लगाएका थिए । यसबारे प्रश्न उठेपछि चितवन प्रहरीले आइतबार विज्ञप्ति जारी गर्दै यसबारे खण्डन गरेको थियो।