सिन्धुपाल्चोकको मेलम्चीमा सुविधासम्पन्न स्वास्थ्य चौकी उद्घाटन



सिन्धुपाल्चोक,मंसिर २४ । जिल्लाको मेलम्ची नगरपालिका–१३ फटकशिलामा एक करोड ९९ लाख ५६ हजार ३६५ रुपियाँ लागतमा सुविधासम्पन्न स्वास्थ्य चौकी निर्माण भएको छ । नगरपालिकाको आफ्नै बजेटमा निर्माण सम्पन्न उक्त स्वास्थ्य चौकीको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले उद्घाटन गरेका छन् ।

नगरपालिकाको १३ वटै वडामा सुविधासम्पन्न १८ वटा स्वास्थ्यचौकी छन् । साथै नगरभर सात वटा सुविधासम्पन्न बर्थिङ सेन्टर छन् । स्वास्थ्यचौकी र बर्थिङ सेन्टरले नगरवासी र छिमेकी पालिकावासीलाई प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्दे आएको प्रमुख तामाङले जानकारी दिएका छन् ।

विगतमा गाउँघरमा स्वास्थ्य चौकी र बर्थिङ सेन्टर नहुदाँ बिरामी र गर्भवती महिलाले समयमै उपचार नपाउने अवस्थालाई दृष्टिगत गर्दै यस पटक नगरपालिकाले वडावडा, गाउँगाउँमा स्वास्थ्य चौकी र बर्थिङ सेन्टर बढाउन महत्त्व दिँदै आइरहेको नगरप्रमुख तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्