नुवाकोटको लिखु खोलामा डुबेर युवकको ज्यान गयो



नुवाकोट,मंसिर २२ । जिल्लाको पञ्चकन्या र शिवपुरी गाउँपालिकाको सिमानामा पर्ने त्रिवेणीधाम नजिकै लिखु खोलामा डुबेर एक युवकको ज्यान गएको छ ।

शुक्रबार दिउँसो पौडी खेल्ने क्रममा काठमाडौ बुढानिलकण्ठ ठेगाना भएका वर्ष १८ का रिजन गजमेरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

मृतक गजमेरको शवलाई पोस्टमार्टमका लागि काठमाडौस्थित शिक्षण अस्पताल लगिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्