शिक्षकको तलब मासिक रूपमा उपलब्ध गराउन स्थानीय तहलाई संघको पत्राचार



काठमाडौ,मंसिर २२ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको तलब मासिक रूपमा उपलब्ध गराउन सबै स्थानीय तहलाई आग्रह गरेको छ । 

मन्त्रालयले शुक्रबार सबै स्थानीय तहलाई पत्राचार गर्दै शिक्षकहरूको तलब मासिक रूपमा उपलब्ध गराउन पत्राचार गरेको हो । अहिले सामुदायिक विद्यालयका शिक्षकले चौमासिक रूपमा तलब पाउँदै आएका छन् ।  

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै सबै स्थानीय तहलाई शिक्षकको तलब मासिक रूपमा उपलब्ध गराउन आग्रह गरेसँगै मन्त्रालयले स्थानीय तहलाई पत्राचार गरेको हो ।  

प्रतिक्रिया दिनुहोस्