अष्ट्रेलियादेखि अमेरिकासम्म पुग्छ नेपाली अचार, ४ महिनामै भित्रियो साढे ८ करोड



काठमाडौं,मंसिर २० । चालु आर्थिक वर्षको ४ महिनामा ८ करोड ७१ लाख ७५ हजार रुपैयाँ बराबरको अचार निर्यात भएको छ । भन्सार विभागका अनुसार साउनदेखि कात्तिकसम्म ९६ हजार ३०७ किलो अचार निर्यात भएको हो । भन्सार विभागका अनुसार एक महिनामै झन्डै एक करोडको अचार निर्यात भएको छ । एक महिनामा ९१ लाख ४४ हजार रुपैयाँको आहार विदेश निर्यात भएको छ । असोजसम्म ७ करोड ८० लाख ३१ हजार रुपैयाँको अचार निर्यात भएको थियो ।

गत आर्थिक वर्ष सोही अवधिमा ४ करोड १८ लाख ५ हजार रूपैयाँ बराबरको ५३ हजार १०३ किलो अचार निर्यात भएको थियो । नेपाली अचार अस्ट्रेलिया, इटाली, जापान, बेलायत र अमेरिका, बेल्जियम, क्यानडा, चीन, जर्मन, हङकङ कोरिया कोरिया लगायत देशमा निर्यात हुने गरेको छ ।

पालबाट लप्सी, मुला, गाँजर, करेला, अकबरे खुर्सानी, अमलाको अचार निर्यात हुने गरेको छ । पछिल्लो समय मासुका परिकारबाट बनेका (बफ, चिकेन, माछा)लगायतका विभिन्न प्रकारका अचार समेत निर्यात हुने थालेको छ।नेपालले गत आर्थिक वर्ष ०८०/८१ मा नेपालले १५ करोड ८ लाख १७ हजार रुपैयाँ बराबरको १ लाख ८२ हजार ९४२ किलो अचार निर्यात गरेको थियो।

यो अवधिसम्म २ करोड २७ लाख १७ हजार रुपैयाँ बराबरको ८९ हजार १४९ किलो अचार आयात भएको भन्सार विभागले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म ७ हजार ६६६ रुपैयाँ बराबरको ४४ हजार ४७० किलो अचार आयात भएको थियो ।

प्रतिक्रिया दिनुहोस्