नुवाकोट थान्सिङमा रहेकोे ज्योतीकुञ्जका विद्यार्थीको लागि  अन्तरिक्ष विज्ञान प्रदर्शनी



नुवाकोट,मंसिर १७ । जिल्लाको लिखु–६ स्थित थान्सिङमा रहेको ज्याेतिकुञ्ज एकेडेमी र कान्तिपुर प्लाटेनियम काठमाडौको संयुक्त आयोजनामा सोमबार अन्तरिक्ष विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रम अन्र्तगत विद्यार्थीहरुलाई डिजिटल प्लानेटेरीयमको माध्यमबाट आकाशमा अवलोकन गराई अध्धयन गराउने, ताराहरुबीच रहेको ग्रहहरुको बारेमा बुझाउने, चन्द्रमालाई नजिकबाट देखाउने र बुझाउने, खगोल शास्त्रको प्रयोगात्मक सिकाईलाई उनीहरुमाझ प्रस्तुत गर्ने लगायतको काम सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक रबिन्द्र डङ्गोलले बताए ।

यस्ट्रो फिजिक्स साइन्ससँग सम्बन्धित प्रयोगात्मक शिक्षा लिन काठमाडौको सुविधासम्पन्न विद्यालयसम्म पुग्नुपर्ने अवस्थाको अन्त्य गर्दै विद्यालयमानै विद्यार्थीहरुलाई उक्त सुविधा प्रदान गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको प्रधानाध्यापक डङ्गोलले बताए ।

कक्षा नर्सरीदेखि तीनसम्मका विद्यार्थीलाई एक सय ५० रुपैयाँ र कक्षा चारदेखि १०सम्मका विद्यार्थीलाई दुई सय ५० रुपैयाँ शुल्क तोकिएको सो कार्यक्रममा तीन सय ७५ जना विद्यार्थी सहभागी भएको प्रधानाध्यापक डङ्गोलले जानकारी दिए ।

१५ फिट अग्लो र ५ मिटर डाईमिटर भएको डुमभित्र विद्यार्थीहरुलाई प्रवेश गराई अध्धयन गराउने कार्यक्रममा अन्तरिक्ष विज्ञान प्रदर्शनीसँगै थ्रीडीको विषयमा पनि जानकारी गराइएको बताइएको छ ।

तस्बिरहरु:-

प्रतिक्रिया दिनुहोस्