नेपालमा एकल महिलाको सङ्ख्या नौ लाख ९७ हजार ६६२
काठमाडौँ, मङ्सिर १७ । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालमा नौ लाख ९७ हजार ६६३ एकल महिला रहेको जनाएको छ । सोमबार कार्यालयले राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कबाट छुट्टै अध्ययन गरी निकालिएको एकल महिला तथ्याङ्क सार्वजनिक गरेको हो ।
तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सबैभन्दा बढी एकल महिलामा बिधुवा महिला बढी रहेको देखाएको छ । नेपालको ६६ लाख ६० हजार ८४१ गैरसंस्थागत घरपरिवारमध्ये नौ लाख ३६ हजार ९८ घरपरिवारमा कम्तीमा एक एकल महिला/विधवा, सम्बन्धविच्छेद, भिन्न बसेको र ३५ वर्ष वा सोभन्दा माथिका अविवाहित महिला पाइएको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक राजन सिलवालले बताए।
उनले भने, ‘‘अध्ययन गर्दा विधवा, सम्बन्धविच्छेद, भिन्न बस्ने चार समूहलाई जोडेर एकल महिलाको तथ्याङ्क विश्लेषण गरिएको छ । विगतका विभिन्न समयमा भएका जनगणनाका तथ्याङ्कहरूलाई समेत आधार बनाएका छौँ । अध्ययनबाट प्रतिवेदनमा सबैभन्दा बढी एकल महिलामा पनि बिधुवा महिला बढी छ । एकल महिलाको घरपरिवार अवस्था विश्लेषण गर्दा ६६ लाख ६० हजार ८४१ गैरसंस्थागत घरपरिवारमध्ये नौ लाख ३६ हजार ९८ घरपरिवारमा कम्तीमा एक एकल महिला/विधवा, सम्बन्धविच्छेद, भिन्न बसेको र ३५ वर्ष वा सोभन्दा माथिका अविवाहित महिला पाइएको छ । यी ७ लाख ९९ हजार ७४४ घरपरिवारमा कम्तीमा एक विधवा महिला रहेको देखियो ।’’
उनले जसमा सात लाख ९९ हजार ७४४ घरपरिवारमा कम्तीमा एक विधवा महिला रहेको देखिएको पनि बताए । उनले कुल घरपरिवारमध्ये १४ प्रतिशत घरपरिवारमा एकल महिला रहेको तथ्याङ्कले देखाएको जानकारी दिए । उनले एकल महिला रहेका १४ प्रतिशत घरपरिवारमध्ये १२ प्रतिशत विधवा र २ प्रतिशत अन्य एकल महिला रहेका पाइएको उल्लेख गरे ।
निर्देशक सिलवालले कार्यालयले अध्ययन गर्दा विधवा, सम्बन्ध विच्छेद, भिन्न बस्ने चार समूहलाई जोडेर एकल महिलाको तथ्याङ्क विश्लेषण गरिएको बताए । उनले विधवा र अन्य एकल महिला रहेका घरपरिवारका विशेषता एकै प्रकारका रहेको जिकिर गरे ।