रास्वपाले खोल्यो खाता, काठमाडौँ–१६ मा रोजिना श्रेष्ठ विजयी



काठमाडौ,मंसिर १७ । पहिलो पटक स्थानीय तह निर्वाचनमा भाग लिएको रास्वपाले काठमाडौँ महानगरपालिका वडा नम्बर १६ बाट विजयको खाता खोलेको छ ।

आइतबार सम्पन्न उपनिर्वाचनको अन्तिम मतपरिणामअनुसार रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठले २ हजार ९०२ मतका साथ विजय हासिल गरेकी हुन् । 

कांग्रेसका उम्मेदवार देवेन्द्र पाठकले २२१४ मत पाएका छन् भने एमालेका उम्मेदवार लक्ष्मी रत्न तुलाधरले २२२० मत हासिल गरिन । 

प्रतिक्रिया दिनुहोस्