नुवाकोट ककनी-२ बाट माओवादीका मिलन घिमिरे विजयी
नुवाकोट,मंसिर १७ । जिल्लाको ककनी गाउँपालिका–२ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपा माओवादी विजयी भएको छ । नेकपा माओवादी केन्द्रका मिलन घिमिरे (कृष्ण) ले १ हजार ८५ मत ल्याउँदै विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुर्य तामाङले ५ सय ८७ मत ल्याए । नेकपा एमालेका यमबहादुर तामाङले ३ सय ६६ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ८३ मत प्राप्त गरे ।
त्यस्तै राप्रपाले २८, मंगोल नेशनलले २६, नेकपा समाजवादीले २३, नाउपाले १६, नेमकिपाले १४ र स्वतन्त्रले १ मत हासिल गरेको छ।