ओखलढुंगाको मोलुङ ५ मा एमाले भारी मतले विजयी



काठमाडौँ,मंसिर १६ । कोशी प्रदेशको ओखलढुंगा जिल्लाको मोलुङ गाउँपालिका वडा नम्बर ५ मा भएको स्थानीय तह उपनिर्वाचनमा भारी मतान्तरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन । आइतबार राति सम्पन्न मतगणनामा एमालेका गंगाबहादुर तामाङ ३९९ मतसहित विजयी भएका हुन् ।

त्यस्तै नेपाली कांग्रेसका घनश्याम दाहालले १७७ मत प्राप्त गरेका छन्  । राष्ट्रिय स्वतन्त्र पार्टीको विष्णुप्रसाद पोखरेलले १५१ मत प्राप्त गरेका छन् । त्यस्तै माओवादी केन्द्रका मानबहादुर सुनारले २३ मत प्राप्त गरेका छन् ।

यस्तै राष्टिय प्रजातन्त्र पार्टीका चन्द्रमणि दाहालले ३ मत र जनता समाजवादी पार्टीका इन्द्रबहादुर दर्जीले ३ मत प्राप्त गर्नुभएको छ । जम्मा १२ मत बदर भएको छ । मोलुङ ५ मा कुल ७६८ मत खसेको थियो ।

यसअघि गत स्थानीय निर्वाचनमा सोही वडामा नेपाली कांग्रेसका गोपीकृष्ण कार्की ३८४ मतसहित विजयी भएका थिए । प्रतिद्धन्द्धी एमालेका गोपाल नेपालले ३७० मत प्राप्त गर्नुभएको थियो भने नेकपा एकीकृत समाजवादीका किशान खत्रीले ३५ मत, नेकपा माओवादी केन्द्रका माबहादुर सुनारले ३० मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका चन्द्रमणि दाहालले ५ मत प्राप्त गरेका थिए  ।

प्रतिक्रिया दिनुहोस्