पितृका नाममा दीप दान गरेर नुवाकोटको विभिन्न ठाउँमा मनाइँदै बाला चतुर्दशी पर्व



नुवाकोट,मंसिर १५ । नुवाकोटको पञ्चकन्या गाउँपालिका ५ स्थित भद्रुटारमा रहेको त्रिवेणी धाममा बाला चतुर्दशीका दिन दिवंगतहरूको लागि दीप दान गर्दै बाला चतुर्दशी पर्व मनाइएको छ । त्यस्तै लिखु र पञ्चकन्याको संगमस्थल ब्रम्हक्षेत्र, छहरेस्थित सन्तानेश्वर मन्दिर परिसरमा समेत मेला रातभर मेला लागेको थियोे । श्रद्धालु भक्तजनले दिवंगतहरूको अनुष्ठान गर्दा पुण्य प्राप्त हुने जनविश्वास रहिआएको आएको छ । 

यस तिथिमा पितृका नाममा दीप दान गरेर बाला चतुर्दशी पर्व मनाइएको छ । नुवाकोटको विभिन्न मन्दिरलगायत अन्य शिवालयमा पनि दीप दान गर्ने श्रद्धालुको भीड लागेको थियोे ।

रातभर जाग्राम बसेर, भजन कीर्तन गरेर दीप प्रज्वलन गरेपछि आज बिहान शतबीज छर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्